जेनजी आन्दोलनका भाइरल युवा, जसले गरे आफ्नै आमाको हत्या

आन्दोलनका क्रममा उनले प्रहरीलाई देश र आमाको बारेमा सोच्न सुझाएका थिए

धादिङ | असोज २०, २०८२

जेनजी आन्दोलनका भाइरल युवा, जसले गरे आफ्नै आमाको हत्या

धादिङ:    जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै  हत्या आरोपमा पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय यम बहादुर कँडेल रहेका छन् । 

 

उनले आफ्नै ५५ वर्षीया आमा राममाया कँडेलको बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए।

 

यमबहादुर गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा उनले प्रहरीसँग विवाद गरिरहेको भाइरल भिडिओहरूमा देख्न सकिन्छ।

 

भिडिओमा उनले प्रहरीसामु उभिएर ‘मेरो आँखामा डर छरु ल हेर्नुस् म डराएको छुरु म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ’ भन्दै गरेको देख्न सकिन्छ। प्रहरीलाई आमा र देशबारे सोच्न भन्दै आक्रोश पोखेका थिए ।

 

यमबहादुरले आइतबार राति साढे ८ बजे धारिलो हतियार खुँडाले आमाको हत्या गरेको एसपी रिजालले बताए। उनका अनुसार प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिएको छ।


घटनास्थल अत्यन्त भयावह रहेको बताइएको छ । आमाको शरीर र टाउको छुट्टिने गरी हत्या भएकोले दुईवटा मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

 

उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्